Menu

आजको मौसम

सकियो माओवादी प्रदेश नं २ को बन्द सत्र

Author
Trilok Khabar |
December 20, 2021

जनकपुर । जिल्लालाई नै सदस्य छान्ने जिम्मा दिँदै नेकपा (माओवादी)केन्द्र प्रदेश नं २ को बन्द सत्र सकिएको छ । 

सर्लाहीको लालबन्दीमा सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रले २७१ सदस्यीय प्रदेश समिति बनाउने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । 

बन्दसत्रले जिल्लालाई जिल्लामा भएका सक्रिय सदस्यबाट आरक्षण कोटाअनुसार प्रदेश सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेर प्रदेश आयोजक समितिमा यही पुस २० गतेसम्म  पेस गर्ने जिम्मा दिइएको माओवादी केन्द्र प्रदेश नं २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लाबाट हाल कायम रहेका सक्रिय सदस्य, सङ्गठनलगायतका आधारमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ र मुस्लिम पाँच प्रतिशत हुने गरी प्रदेश सदस्य छनोट गर्नुपर्ने व्यवस्था छ । 

यस्तै एक हजार ५०० सक्रिय सदस्यबाट एक जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गर्ने निर्णय भएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

जिल्ला जिल्लाबाट नामावली आएपछि पुस २५ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा प्रदेश समिति घोषणा सभा आयोजना गर्ने निर्णयसमेत गरेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।  रासस



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3