Menu

आजको मौसम

नेपाली काँग्रेस प्रदेश २ को मतगणना जारी, सबै पदाधिकारीमा संस्थापनकै अग्रता

Author
Trilok Khabar |
December 24, 2021
Featured

जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको प्रदेश नंं २ को मतगणना जारी रहेको छ । सभापति पदमा कृष्णप्रसाद यादव यस अघि नै निर्वाचित भएको छ भने अन्य पदाधिकारी मतगणना जारी रहेको छ । 

पदाधिकारीहरूको पछिल्लो मत गणनाको परिणाम अनुसार संस्थापन पक्षकै अग्रता कायम रहेको छ । संस्थापन पक्षका तर्फबाट प्रदेश उपसभापतिमा वीरेन्द्र प्रसाद सिंह ३ सय ७० मत सहित अग्र स्थानमा रहनु भएको छ भने सोही समूहका चन्देश्वर प्रसाद यादवले पनि ३ सय २१ मत सहित अग्रता लिइरहनु भएको छ ।  

यसैबीच संस्थापन इतरका उपसभापति पदका उम्मेदवार विनोद कुमार खनालले २ सय ७६ मत तथा धनलाल ठोकरले २ सय ४७ मत ल्याउनु भएको छ । प्रदेश महामन्त्री पदमा संस्थापन पक्षका उपेन्द्र कुमार यादव ३ सय ५६ मत, बृहस्पति कृष्ण श्रेष्ठले ३ सय ७० मत प्राप्त गर्नु भएको छ । 

यसै गरी संस्थापन इतरका प्रदेश महामन्त्री पदका उम्मेदवार नरेश कुमार यादवले ३ सय ७ मत तथा हरेश प्रसाद महतोले २ सय ४९ मत प्राप्त गर्नु भएको छ । खुल्ला सह महामन्त्री तर्फ संस्थापन पक्षका जयनारायण यादवले ३ सय ७ मत र परशुराम चौधरीले पनि ३ सय ७ मत प्राप्त गर्नु भएको छ । 

यसै गरी महिला सह महामन्त्री तर्फ पनि संस्थापन पक्षकै अग्रता रहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनु भएको थियो । मत गणना निक्कै सुस्त गतिमा भएका कारणले सबै पदाधिकारीहरूको मत परिणाम रातीसम्ममा आउने अवस्था रहेको छ ।  



https://ift.tt/3mv3ETG

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3