जनकपुरधाम । जनकपुरधामको बसपार्कमा अमेरिकामा बनेको जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप बिक्री गर्ने कार्यमा संलग्न भएका दुई जना स्वास्थ्यकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा कार्यरत रहेका हेल्थ असिष्टेन्ट अजय साह तथा उनका सहयोगी कृष्ण कुमार यादव रहेका छन् । उनीहरूले प्रति डोज खोप ७ हजारको दरले बिक्री गरेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गर्नमा सफल भएको छ ।
उनीहरूले ३ जनालाई २१ हजारमा खोप बिक्री गरेको अवस्थामा रकम सहित अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको छ । उनीहरूले प्रति खोप ७ हजारको दरले बिक्री वितरण गर्दै गरेका थिए । गल्लीमा लगेर खोप बिक्री गर्न लाग्दा अख्तियारले पक्राउ गरेका थिए ।
वैदेशिक रोजगारीमा जानेलाई जोन्सन कम्पनीले बनाएको कोरोना विरुद्धको खोपलाई उच्च प्राथमिकतामा दिने भएकाले वेला बखतमा खोपको बिक्री वितरण हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।
पक्राउ पर्ने माथि स्वास्थ्य सेवा ऐन अनुसार कारबाही हुने भएको छ । धनुषा तथा महोत्तरी जिल्लामा कोरोना विरुद्धको खोप बिक्री वितरण हुने गरेको गुनासो पटक पटक आउने गरेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।
https://ift.tt/3DREqoq
प्रतिक्रिया लेख्नुहोस्