Menu

आजको मौसम

विवाह पञ्चमी मेलामा सुरक्षाकर्मीद्वारा मास्क वितरण

Author
Trilok Khabar |
December 08, 2021
Featured

जनकपुरधाम । जनकपुरधामको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमीमा मास्क विना आएका तीर्थयात्रीहरूलाई निःशुल्क मास्क वितरण गर्ने गरिएको छ  । 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले खास गरेर कोरोनाको नयाँ भेरियन्टको जोखिम रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा प्राप्त भएको १० लाख मास्क नेपाल प्रवेश गर्ने सीमा नाकादेखि मन्दिरको प्रवेशद्वारसम्म वितरण गरिएको जानकारी दिनुभयो । 

जानकी मन्दिरको मूल ढोकाहरूबाट बिना मास्क प्रवेश गर्ने तीर्थयात्रीहरूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरूले निःशुल्क मास्क प्रदान गरिरहेका छन् । 

यसैगरी, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस, लाइफ नेपाल जस्ता संस्थाहरूले ठाउँ ठाउँमा निःशुल्क मास्क वितरण गरिरहेका छन्  । 

खास गरेर गाउँबाट आएका नागरिकहरूलाई चेतनाको अभाव भएकाले प्रहरीले मास्क लगाउने तरिकाका बारेमा सिकाइरहेका छन् । 



https://ift.tt/3duydno

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3