बारा । बारा जिल्लामा यसबर्ष धान खेतीबाट ३ अर्ब ५३ करोड ९४ लाख ३१ हजार ३ सय ५० बराबरको १ लाख ४१ हजार ५ सय ७७ दशमलव २५ मेट्रिक टन अगहनी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रबाट जनाएको छ ।
यसबर्ष कृषकहरूले सोना मंसुली, सावित्री, स्वर्णसवा १, सवा मंसुली, राधा ११, राधा ९ जातका कुल ३४ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा धान खेतीप्रति हेक्टर ४ दशमलव १५ मेट्रिक टनले कुल १ लाख ४१ हजार ५ सय ७७ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको बाली विकास अधिकृत राजकरण साहले जानकारी दिनुभयो ।
गतबर्ष २०७७/०७८ सालमा विभिन्न जातका धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४ दशमलव २५ मेट्रिक टनले १ लाख ४५ हजार २ सय १ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रास गेनालाल मण्डलले बताउनुभयो ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्