Menu

आजको मौसम

उद्योगको विकास विना मुलुकको समृद्धि कठिन : मुख्यमन्त्री राउत

Author
Trilok Khabar |
December 29, 2021
Featured

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले उद्योगको विकास विना मुलुकको समृद्धि र विकास सम्भव नभएकाले उद्योगको विकासका लागि प्रदेश सरकारले उद्योग ऐन नै ल्याएर अगाडि बढ्न चाहेको बताउनुभएको छ । 

मुख्यमन्त्री राउतले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रदेश नंं २ को दोस्रो प्रदेश अधिवेशन तथा महिला उद्यमी सम्मेलनको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

उहाँले उद्योगको विकासका लागि राज्य पक्षबाट हुनु पर्ने काम हुन नसकेको बताउँदै प्रदेश नंं २ का सरकारले उद्योगको विकासका लागि गर्नु पर्ने कामकाज गर्न नसकेको बताउनुभयो । 

मुख्यमन्त्री राउतले उद्योगको स्थापनाका लागि शुरु देखि नै व्यवसायीहरूले सङ्घर्ष गर्नु पर्ने अवस्था हुने गरेको बताउँदै यो अवस्थालाई अन्त्य नभएसम्म उद्योगीको मनोबल माथि उठ्न नसक्ने र उद्योगको विकास कठिन हुने बताउनुभयो । 

उहाँले घरेलु तथा साना उद्योगले मुलुकमा २५ लाखलाई रोजगारी दिनु ठुलो कुरा भएकाले घरेलु तथा साना उद्योगको विकासका लागि प्रदेश सरकारले सहयोग गर्नका लागि इच्छुक भएको बताउनुभयो । 

मुख्यमन्त्री राउतले नाराले मात्र मुलुकको समृद्धि हुन नसक्ने बताउँदै व्यवहारमा समृद्धिका लागि तीनै तहका सरकारले समन्वय तथा सहकार्य गरेर उद्योगको विकासका लागि अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । 

घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष श्याम गिरीले घरेलु तथा साना उद्योगका लागि सरकारले नै प्रदान गर्ने भनेको सहुलियत पूर्ण कर्जा प्रदान गर्ने प्रक्रियालाई सहज बनाउन आवश्यक भएको बताउनुभयो । 

घरेलु तथा साना उद्योग महासङ्घ प्रदेश नंं २ का अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधामका वरिष्ठ उद्योगपति ओम प्रकाश सर्राफ, व्यवसायी विजय झुनझुनवाला, प्रमोद चौधरी, सरस्वती चौधरी, नरेश प्रसाद सिंहलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मानित गर्नु भएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामदेव वनरैत यादव, प्रदेश नंं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विन्दु कुमारी मिश्र, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल पत्रकार महासङ्घ प्रदेश नंं २ का सभापति राजेश कर्ण र घरेलु तथा साना उद्योग महासङ्घका महिला समितिका महासचिव अञ्जु उपाध्यायले पनि बोल्नु भएको थियो ।  



https://ift.tt/3HhsIWc

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3