Menu

आजको मौसम

कृषिमा आधुनिकीकरण आवश्यक : अध्यक्ष यादव

Author
Trilok Khabar |
December 13, 2021
Featured

सप्तरी । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले  किसानलाई उत्पादन बढाउन कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनु भएको छ ।

राजविराजमा प्रदेश कृषि विश्व विद्यालयको कार्यालय भवन उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका यादवले कृषि विश्वविद्यालय स्थापना पछि कृषि क्षेत्रमा क्रान्ति आउने विश्वास व्यक्त गर्नु भयो। कृषि आधुनिकीकरणबाट उत्पादन बढे पछि गरिबी र बेरोजगारी हट्ने बताउनु भयो।  कृषिमा देखिएका समस्या भूमि व्यवस्थापन र जनशक्ति उत्पादनमा कृषि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास नहुने बताउनुभयो । कृषि विश्व विद्यालयको उद्घाटन समारोहका विशिष्ट अतिथि समेत रहेका राउतले कृषि विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवम् रोजगारमूलक प्रदेश बनाउन लागिरहेको बताउनु भयो ।

अब देशमै सिप सिकेर विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनेछ बताउनु भयो । उहाँले थपे प्राविधिक शिक्षा सम्बन्धी बोर्ड प्रदेश सरकारले गठन गर्न लागेको जानकारी दिँदै भन्नु भयो अब जनशक्ति उत्पादनमा मद्दत पुग्ने बताउनुभयो।

प्राविधिक शिक्षा प्रदान गर्ने सीटीईभीटी प्रदेश मातहतमा राखिनुपर्ने भएपनि हालसम्म नदिएको मुख्य मन्त्री राउत सङ्घीय सरकार सँग गुनासो पोख्नु भयो।

प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले  कृषि विश्वविद्यालयमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो।कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा। सूर्यनारायण यादव,प्रदेश सभा सदस्य मनिष कुमार सुमन, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले धन्यवाद ज्ञापन गर्नु भयो। 



https://ift.tt/3EUMAgZ

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3