Menu

आजको मौसम

राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Author
Trilok Khabar |
December 30, 2021
Featured

जनकपुरधाम । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नंं २ को निर्वाचन अधिकृतको कार्यालय आज जनकपुरधाममा स्थापना गरिएको छ । 

निर्वाचन आयोगले धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेललाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेपछि आज देखि कार्यालय सञ्चालनमा आएको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन पुस १७ गते, दाबी विरोध उजुरी, थर सच्याउनु पर्ने सोही दिन, १८ गते उजुरी माथि छानबिन एवं कारबाही, १९ गते अन्तिम नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । 

यसै गरी २१ गते उम्मेदवार माथि विरोध वा उजुरी दर्ता, २२ र २३ गते उजुरी माथि जाँचबुझ, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारी फिर्ता, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चिन्ह प्रदान र माघ १२ गते मतदान कार्यक्रम रहेको छ । 

प्रदेश नंं २ मा राष्ट्रिय सभा सदस्यका लागि १ सय ४ जना प्रदेश सभाका सदस्य, २ सय ६८ स्थानीय तहका प्रमुख एवं उपप्रमुख गरेर ३ सय ७२ जना मतदाता रहेका छन् । १ जना प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ रहेको छ ।

 

प्रदेश सभा सदस्यहरूको कूल मतभार ४ हजार ९ सय ९२ र स्थानीय तहका प्रमुख एवं उपप्रमुखको मतभार ४ हजार ८ सय २४ गरेर ९ हजार ८ सय १६ प्रदेश २ मा राष्ट्रिय सभा सदस्यहरूको मतभार रहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । 

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान तथा मतगणना सहितको कार्यक्रम हुने निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो । 



https://ift.tt/3HoOvve

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3