Menu

आजको मौसम

प्रदेश नंं २ को प्रदेश सभा बैठक शुरु

Author
Trilok Khabar |
December 15, 2021
Featured

जनकपुरधाम । प्रदेश नंं २ को प्रदेश सभाको आठौँ बैठक शुरु भएको छ । प्रदेश सभाको आठौँ बैठकमा प्रदेशको नाम तथा राजधानीको टुङ्गो लगाइने भएकाले यस बैठकको विशेष महत्त्व रहेको छ । 

आजको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बैठक आह्वान सम्बन्धी सूचना सभामुख सरोज कुमार यादवले बैठकमा पढेर सुनाउनु भएको छ । 

यसै गरी विभिन्न दलहरूका तर्फबाट संसदीय दलका नेताहरूको आठौँ बैठकको विषयमा शुभकामना दिने कार्यक्रम रहेको छ । बैठकमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्यहरू पार्टीका १४ औँ महाधिवेशनका कारणले अनुपस्थित रहेकाले राजधानी तथा नाउँका प्रस्तावमा प्रवेश नगर्ने मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई जानकारी दिनुभयो । 

दलहरूको शुभकामना, मन्त्री परिषद्को पुनर्गठनको विषयमा जानकारी दिने कार्यक्रम रहेको छ । यसका साथै प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको कृषि विश्व विद्यालय र प्राविधिक विश्व विद्यालय सम्बन्धी अध्यादेश टेबुल गर्ने कार्यक्रम रहेको छ ।  



https://ift.tt/3EWTSAX

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3