जनकपुरधाम । प्रदेश नंं २ को प्रदेश सभाको आठौँ बैठक शुरु भएको छ । प्रदेश सभाको आठौँ बैठकमा प्रदेशको नाम तथा राजधानीको टुङ्गो लगाइने भएकाले यस बैठकको विशेष महत्त्व रहेको छ ।
आजको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बैठक आह्वान सम्बन्धी सूचना सभामुख सरोज कुमार यादवले बैठकमा पढेर सुनाउनु भएको छ ।
यसै गरी विभिन्न दलहरूका तर्फबाट संसदीय दलका नेताहरूको आठौँ बैठकको विषयमा शुभकामना दिने कार्यक्रम रहेको छ । बैठकमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्यहरू पार्टीका १४ औँ महाधिवेशनका कारणले अनुपस्थित रहेकाले राजधानी तथा नाउँका प्रस्तावमा प्रवेश नगर्ने मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
दलहरूको शुभकामना, मन्त्री परिषद्को पुनर्गठनको विषयमा जानकारी दिने कार्यक्रम रहेको छ । यसका साथै प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको कृषि विश्व विद्यालय र प्राविधिक विश्व विद्यालय सम्बन्धी अध्यादेश टेबुल गर्ने कार्यक्रम रहेको छ ।
https://ift.tt/3EWTSAX
प्रतिक्रिया लेख्नुहोस्