Menu

आजको मौसम

प्रदेश नं २ को प्रदेशसभा बैठक बुधवारका लागि आह्वान

Author
Trilok Khabar |
December 14, 2021
Featured

जनकपुर । लामो समयपछि प्रदेश नं २ को प्रदेशसभा बैठक बुधवारका लागि आह्वान गरिएको छ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन बुधवार बिहान ११ बजेको लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौँमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । प्रदेशसभाको आठौँ अधिवेशनबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ । रासस



https://ift.tt/3m6JE9Q

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3