Menu

आजको मौसम

राजविराज कारागारमा एक जना कैदीबन्दीको मृत्यु

Author
Trilok Khabar |
December 17, 2021

राजविराज  । सप्तरीको राजविराजस्थित कारागारमा एक जना कैदीबन्दीको आज मृत्यु भएको छ । 

पेट दुख्न थालेपछि उपचारको लागि अस्पताल लगिएका ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

पेट दुखेर  खतिवडा बेहोस भएपछि उनलाई गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेको कारागार व्यवस्थापन प्रमुख सुमन कोइरालाले बताउनुभयो । उनको उपचारकै क्रममा बिहान सवा ११ बजे मृत्यु भएको जेलर कोइरालाले जानकारी दिनुभयो  । 

चिकित्सकका अनुसार उनको हृदयाघातबाट मृत्यु भएको हो ।

सुनसरीको दुहबी ४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3