Menu

आजको मौसम

धनुषाको ढल्केवरमा सौर्य विद्युत् आयोजना सञ्चालनमा

Author
Trilok Khabar |
December 27, 2021
Featured

बर्दिबास । धनुषाको ढल्केवरमा सौर्य विद्युत् आयोजना सञ्चालनमा आएको छ । 

अपी पावर कम्पनी लिमिटेडले मिथिला नगरपालिका–१ ढल्केवरस्थित निर्माण गरेको आयोजना अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । 

अध्यक्ष न्यौपानेले सञ्चालनमा आएको आयोजनाले १ मेगावाट बिजुली उत्पादन गर्ने जानकारी दिनुभयो । उहाँले ९ करोड रुपैयाँको लगानीमा आयोजना निर्माण समेत बताउनुभयो । 

“यो १ मेगावाट अर्थात् १ हजार किलोवाट बिजुली उत्पादन गर्ने आयोजना हो । ढल्केवरको यो आयोजना निर्माण गर्नलाई अहिलेसम्म ९ करोड रुपैयाँ खर्च भइसकेको छ”, अध्यक्ष न्यौपानेले भन्नुभयो, “यहाँ बिजुली उत्पादन गरेर हामी नेपाल विद्युत् प्राधिकरणलाई विक्री गर्छौ । त्यसको मासिक रुपमा विलको भुक्तानी हुन्छ ।” 

आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणको ढल्केवर ग्रिड शाखामा जडान भइसकेको समेत उहाँले बताउनुभयो । 

अध्यक्ष न्यौपानेले अब ढल्केवरमा बल्ने बत्ती आफ्नो सोलरबाट उत्पादन भएको बिजुली बत्ती हुने दाबी गर्नुभयो । 

अध्यक्ष न्यौपानेले यहाँका समुदायसँग मिलेर कृषि विकासका अन्य कामहरू पनि मिलेर गर्ने योजना रहेको बताउनुभयो ।

अपि पावर कम्पनीसँग ५६ हजार किलोवाट बिजुली उत्पादन गर्ने क्षमता रहेको र अहिले कम्पनीले देशको विभिन्न ठाउँमा सोलरबाट मात्रै २८ मेगावाट बिजुली उत्पादन गरिराखेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।



https://ift.tt/3z4bI2B

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3