![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8B-%E0%A4%A4%E0%A4%BE%E0%A4%B0-%E0%A4%B9%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-%E0%A4%B6%E0%A5%81%E0%A4%B0%E0%A5%81-1-1-1024x768.jpg)
वीरगंज । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले पर्सामा पहिलो पटक परीक्षणको रुपमा वीरगंजको आदर्श नगरमा नाङ्गो तार हटाउने अभियान सुरु गरेको छ ।
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरलाई सफा सुग्घर, हराभरा, व्यवस्थित र स्वास्थ्य बनाउने अभियान अन्तर्गत सुरक्षाको दृष्टिकोणले समेत रुख बिरुवा तथा मानवीय क्षति हुनबाट बचाउनको लागि पहिलो पटक वीरगन्ज महानगर पालिका वडा नम्बर १० को लोहारपट्टि चोकदेखि ठाकुरराम क्याम्पस सम्मको एरियामा ११ हजार केभिको नाङ्गो तार हटाएर प्लास्टिक कभर तार लगाउने कार्य सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका पर्साका प्रमुख जितेन्द्र कुमार झाले बताउनुभयो ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्श नगरको समन्वयमा पहिलो पटक परीक्षणको रुपमा ११ हजार केभिको नाङ्गो तार हटाएर पिबिसि कभर भएको तार लगाउने कार्य सम्पन्न भएको र यसको परिक्षण सफल भएमा बीरगंज महानगर भित्रका सम्पूर्ण इलाकाहरूमा नाङ्गो बिजुलीको तार हटाइने प्राधिकरण प्रमुख झाले बताउनुभयो ।
यता ग्रिन सिटी सामुदायिक केन्द्रले नगर क्षेत्रमा बिजुलीका पोलहरूमा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले जथाभाबी तार थुपार्दा नगर क्षेत्रको सौन्दर्य नै बिगारेको भन्दै त्यसलाई व्यवस्थित गर्न आवश्यक काम समेत थालनी गरिसकेको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
https://ift.tt/3puyqhj
प्रतिक्रिया लेख्नुहोस्