जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत प्रदेश नंं २ मा सम्पन्न भएको मतगणनामा अधिकांश प्रदेश समितिका सदस्यहरूमा संस्थापन पक्षका उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।
आज बिहान सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्षका दुई जना प्रदेश सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
७२ जनाको कार्यसमिति मध्ये संस्थापन पक्षबाट आठ पदाधिकारीसहित पाँच जना सदस्य यसअघि, नै निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी रहेको ६७ प्रदेश कार्यसमिति मध्ये २ जना निधि कोइराला पक्षका प्रदेश सदस्य पदमा निर्वाचित हुनुभएका छ भने बाँकी रहेका ६५ कार्यसमितिमा संस्थापन पक्षका उम्मेदवारहरू विजयी हुनुभएको छ ।
यसअघि नै सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, दुई खुल्ला सह–महामन्त्री तथा १ महिला सह–महामन्त्री पदमा संस्थापन पक्षले विजयी भइसक्नुभएको छ ।
https://ift.tt/3FAocl2
प्रतिक्रिया लेख्नुहोस्