Menu

आजको मौसम

१२ कक्षामा उत्कृष्ट जीतपुरकी झा सम्मानित

Author
Trilok Khabar |
December 07, 2021
Featured

बारा । विज्ञान सङ्कायमा १२ कक्षामा उत्कृष्ट नम्बर ल्याउने जीतपुरकी एक  छात्रालाई सम्मान गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित शहिद स्मारक एकेडेमीबाट २०७५ सालमा एस.इ.ई.दिएका विद्यार्थी ज्योति झा २०७७ सालको परीक्षामा नेपालमै उत्कृष्ट नम्बर ल्याएकी छिन् ।  

वीरगंजस्थित ओम इन्टरनेशनल एकेडेमी कक्षा १२ मा अध्ययन गरेकी झा परीक्षामा ३.९२ जिपिए प्राप्त गर्नु भएको छ । १७ वर्षीया ज्योति झा मनरा सिस्वा नगरपालिका वडा नं.९ बथनाहाका निवासी हुन् । 

उहाँ विगत लामो समयदेखि जीतपुरमा बुवा सुजित कुमार झा र आमा  रेखा देवी झा सँग बस्दै आउँनुभएको छ । एक कार्यक्रमकाबीच शहिद स्मारक एकेडेमीका प्रधानाध्यापक माल्ती कुम्हालले अबिर टिका लगाई दोसल्लाहाले सम्मान गर्नुभएको थियो । 

विद्यालयका सञ्चालक कालिका प्रसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन  राहुल झाले गर्नुभएको थियो । सम्मान कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष देवनारायण चौधरी ,वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ता ,वडा सदस्य दुर्गा रिजाल, समाजसेवी श्रीराम साह  ,सुनिल गुप्ता लगायतको सहभागिता रहेको थियो ।



https://ift.tt/3GgtkuC

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3