Menu

आजको मौसम

प्रेस चौतारी नेपाल सप्तरीको अधिवेशन पुस २८ गते हुने

Author
Trilok Khabar |
December 31, 2021

सप्तरी  । प्रेस चौतारी नेपाल सप्तरी शाखाको जिल्ला अधिवेशन यही पुस २८ गते हुने भएको छ ।

जिल्ला अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा बिहीबार सप्तरीको राजविराजमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

बैठकले सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १२ धरमपुरस्थित धर्मेश्वर पिकनिक स्पोट्र्स स्थलमा अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले अधिवेशनभन्दा अगाडी सम्पूर्ण सदस्यहरूको नवीकरण गराइसक्नुपर्ने निर्णय समेत गरेको छ । चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । 

अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको चौतारीका सचिव डम्बर राईले जानकारी दिनुभयो ।

बैठकमा चौतारीका सल्लाहकार मनोहर पोखरेल, जिल्ला सचिव डम्बर राई, भूपदेव माली, वरिष्ठ पत्रकार बैद्यनाथ झा, पुनम पोखरेल, पिन्टु यादव लगायतले विभिन्न सल्लाह र सुझाव दिनुभएको थियो ।

प्रेस चौतारी सप्तरी शाखाको अधिवेशन लगतै प्रदेश र केन्द्रिय महाधिवेशन हुने हुँदा निर्धारित अल्प समयमै अधिवेशन हुने अध्यक्ष खगेन्द्र कार्की जानकारी गराउनुभयो ।



https://ift.tt/eA8V8J

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3