वीरगंज, ३१ साउन ः पर्सा जिल्लाको भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी चोरी तस्करी गर्ने तीन वटा ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जीराभवानी गाउँपालिका वडा नम्बर ५ शंकर सरैयाबाट एउटा र पटेर्वा सुगौली गाउँँपालिका वडा नम्बर ५ मनिहर्वाबाट दुर्ई वटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले ना. ३ त ५५३६,प्र.२–०३–००१ त २४११ र को १ त ९१४५ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्टर र चालकहरूलाई आवश्यक कानूनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।