Menu

आजको मौसम

घाम लागेसँगै प्रदेश नंं २ को जनजीवन सामान्य बन्दै

Author
Trilok Khabar |
December 30, 2021
Featured

जनकपुरधाम । जनकपुरधामसहित प्रदेश नंं २ का अधिकांश जिल्लाहरूमा मौसम सुधार भएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा हुँदा चिसो बढेसँगै प्रभावित भएको प्रदेश नं. २ को जनजीवन आज बिहानबाट घाम लागेसँगै सामान्य बनेको छ । 

बुधवार बिहानदेखि भएको वर्षासँगै अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भनेको थियो । आज बिहानदेखि घाम लागेसँगै जनजीवन सामान्य बन्न थालेको हो । 

वर्षाका कारणले गहुँ बाली, तेलहन तथा दलहनमा लाभ पुगेको छ भने धुलोबाट सर्वसाधारणलाई राहत मिलेको छ । कतिपय कच्ची सडकहरूमा हिलो भए पनि घाम लागेकाले केही समय भित्रमा नै सुक्ने अवस्था रहेको छ । 

बुधवार दिनभरि नै सिमसिम वर्षासँगै चिसो बढेका कारणले गरिब, विपन्न तथा बालबालिकाहरू, असक्त, दम तथा रुघा खोकीका बिरामीहरू प्रभावित भएका थिए । घाम लागेपछि सर्वसाधारणले न्यानोको महसुस गर्न थालेका छन् ।

एक्कै दिनको चिसो हावा तथा वर्षाका कारणले बजारको चहलपहलमा कमी आएको भए पनि आज बिहान नै देखि घाम लागेसँगै जनकपुरधामसहित विभिन्न जिल्लाहरूको सदरमुकाम एवं बजार क्षेत्रमा चहलपहल बढ्दै गएको छ ।  



https://ift.tt/3mIiWEA

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3