
बीरगंज । मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट रंगेहात पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी ट्याङ्कीस्थित सडक छेउमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने एक जनालाई बुधवार साँझ प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
भारत विहार पूर्वी चम्पारण मोतिहारी रक्सौल ग्राम पञ्चायत बस्ने सोन बाबु गुप्ताको बिआर२२बि ०३८७ नम्बरको कालो रङ्गको हिरो होण्डा स्पलेण्डर प्लस मोटरसाइकल चोर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी २३ वर्षीय आशिष यादवलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
मोटर साइकलको लक भाँची चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले मोटरसाइकल नियन्त्रणमा लिनुका साथै चोरी गर्ने यादवलाई पक्राउ गरेको खनालले बताउनुभयो ।
यादवविरुद्ध चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।
यसअघि प्रहरीले गत मङ्गलवार राति मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको थियो ।
https://ift.tt/3zv0gNZ
प्रतिक्रिया लेख्नुहोस्