Menu

आजको मौसम

बारामा सवारी दुर्घटनामा २जनाको मृत्यु

Author
Trilok Khabar |
January 12, 2022
Featured

बीरगन्ज,२८ पुस । बाराकाे बारागढी गाउँपालिका-५ सिंहासनीस्थित सडकमा ना.४८ प २५३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने प्रमोद माझीकी ५ वर्षीया छोरी उषा माझीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय क्लिनिक कोल्वही हुँदै जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलका चालक निजगढ नगरपालिका-६ बस्ने २० वर्षीय निसिल खुलाललाई १ हजार पिस नियन्त्रित लागूऔषध ट्रामामेड सहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी बाराकाे प्रसौनी गाउँपालिका-३ स्थित सडकमा प्रदेश२-०३-००१ त ५५७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका चालक परवानीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय सुरज यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल बीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3