स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

जनकपुरधाम आउने भारतीय पर्यटकको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम बढ्यो

SHARE:

जनकपुरधाम । कोरोना महामारीको प्रभाव भारतमा विगत केही समय यता पुनः बढिरहेको वेलामा नेपाल आउने भारतीय पर्यटकको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि भएको छ । 

भारतको विहारमा पनि कोरोनाका नयाँ भाइरस ओमिक्रोनको संक्रमण बढेको वेलामा जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि आउने भारतीय पर्यटकको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि भएको छ । 

जनकपुरधामको अधिकांश होटल, धर्मशाला तथा लजहरू भारतीय पर्यटकले भरिएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै भारतीय पर्यटकहरू नेपाल घुम्न आउने क्रम निक्कै बढेको छ । जनकपुरधाम मात्र होइन अहिले महोत्तरीको बर्दिबासका होटलहरु पनि भारतीय पर्यटकले भरिएको छ । 

कोरोना महामारीका कारणले करिब डेढ वर्षसम्म नेपाल भारतको सीमा नाका बन्द रहेका कारणले नेपाल आउन नसकेका भारतीय पर्यटकहरू अहिले कोरोना महामारीको मात्रामा कमी आएको र सिमाना खुल्ला भएका कारणले नेपाल घुम्न आउनेको सङ्ख्या बढेकाले नेपालमा पुनः कोरोना महामारीको संक्रमण बढ्ने जोखिम निक्कै बढेको छ । 

हालै मात्र मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश स्तरीय निर्देशन समितिको बैठकले नेपाल भारतको सीमा नाकाहरूमा भारतीय पर्यटक आउँदा स्वास्थ्य परीक्षण तथा खोपको अवस्थाका बारेमा जानकारी लिनका लागि स्वास्थ्य हेल्प डेक्स राख्ने निर्णय गरेपनि हालसम्म पनि वोर्डरहरुमा राख्ने काम नभएकाले कोरोनाको जोखिमको बढेको छ । 

स्थानीय तहहरू पनि विगत जस्तो कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि देखाएको सक्रियता नदेखाएका कारणले कुनै पनि बेला पुनः कोरोना महामारीका कारणले आम जनताको स्वास्थ्यमा जटिलता आउने खतरा बढेर गएको छ । 

यसै बीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कोरोना महामारीको जोखिम भएकाले स्थानीय तहको सहयोगमा धनुषाको जटही नाकामा हेल्प डेक्स राख्ने विषयमा स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।  



https://ift.tt/3zt80A1

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: जनकपुरधाम आउने भारतीय पर्यटकको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम बढ्यो
जनकपुरधाम आउने भारतीय पर्यटकको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम बढ्यो
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/1641455500400-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_13.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_13.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content