Menu

आजको मौसम

चार लाख ८४ हजार नगदसहित १२ जुवाडे पक्राउ

Author
Trilok Khabar |
January 26, 2022
Featured

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ परेका छन् । 

गए राति वडा नं. ३ बस्ने ढलक बहादुर तामाङको घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनले नगद रु.४ लाख ८४ हजार ५० रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा  बागमती नगरपालिका वडा नं.३ बस्ने बर्ष ३९ को गौरीशङ्कर साह, बर्ष ३४ को संचर घिसिङ, बर्ष ३४ को जित बहादुर बम्जन रहेका छन् । 

त्यस्तै बसवरीया गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३३ को रामज्ञान राय, बर्ष ३२ को सन्तोष साह, बर्ष ५० को छेदु साह रहेका छन् । 

यसैगरी हरिवन नगरपालिका वडा नं.१० बस्ने बर्ष ३२ को साजन पौडेल, बर्ष २८ को प्रकाश अधिकारी, बर्ष ५७ को अर्जुन के.सी. रहेका छन् भने बरहथवा नगरपालिका वडा नं.५ बस्ने बर्ष २८ को जुनैन अन्सारी, वडा नं. १० बस्ने बर्ष २९ को रामबिर चौधरी रहेका छन् । 

१२ जना जुवाडे मध्ये ११ जना सर्लाहीकै रहेको र एक जना रौतहटस्थित चन्द्रपुर न.पा.१ बस्ने बर्ष ५१ को दिल बहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

पक्राउ परेका १२ जना जुवाडेहरूलाई नियन्त्रणमा लिई  इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई थप अनुसन्धान कार्य भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयो । 



https://ift.tt/3G25eU1

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3