![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/%E0%A5%A7%E0%A5%AC-%E0%A4%95%E0%A4%9F%E0%A5%8D%E0%A4%A0%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AB%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%97%E0%A4%BE%E0%A4%BE%E0%A4%9C%E0%A4%BE-%E0%A4%96%E0%A5%87%E0%A4%A4%E0%A5%80-%E0%A4%AB%E0%A4%81%E0%A4%A1%E0%A4%BE%E0%A4%A8%E0%A5%80-1024x576.jpeg)
वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ ओझैया प्रसौनी टोलमा सुर्ती खेतीभित्र लुकाई छिपाई लगाइएको १६ कट्ठाको गाँजा खेती पर्सा प्रहरीले फडानी गरेको छ ।
सुर्ती खेती भित्र प्रतिबन्धित गाँजा खेती फस्टाउँदै गएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।
पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फडानी गरेको गाँजा स्थानीय सञ्चारकर्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको थियो ।
यसैगरी एक साता अघि पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा १५ कट्ठामा लगाइएको गाँजा खेती प्रहरी टोलीले नष्ट गरेको थियो ।
सुर्ती खेती भित्र गाँजा खेती गरिएको कारण सो सुर्ती खेती कसले गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
https://bit.ly/3sk0PHl
प्रतिक्रिया लेख्नुहोस्