Menu

आजको मौसम

जिल्ला प्रशासन कार्यालय धनुषा तथा महोत्तरीमा सेवाग्राहीको भिड बढ्यो

Author
Trilok Khabar |
January 12, 2022
Featured

जनकपुरधाम  । जिल्ला प्रशासन कार्यालय धनुषा तथा महोत्तरीमा सेवाग्राहीको अत्यधिक भिड बढेको छ । 

खास गरेर वैदेशिक रोजगारीमा यी दुई जिल्लाबाट भारी सङ्ख्यामा युवाहरू जाने भएका कारणले ई–पासपोर्ट बनाउनका लागि राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य  भएकाले सेवाग्राहीको भिड बढेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो । 

अहिले इ–पासपोर्ट बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका कारणले दैनिक रुपमा ५० देखि ६० जना सेवाग्राहीहरूको परिचय पत्रका लागि फोटो खिच्ने काम भएको छ । 

फोटो सहितको विवरण दिनका लागि एक जनालाई १५ देखि २० मिनट लाग्ने भएकाले धेरैको विवरण लिन कठिन भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयको हातामा तीन वटा कम्प्युटरमार्फत राष्ट्रिय परिचय पत्रको विवरण लिने काम भइरहेको छ । परिचय पत्रमा धेरै विवरणका साथै आँखाको रेटिना, औला, हतकेला सहितको विवरण लिने भएकाले ई–पासपोर्टका लागि उपयुक्त भएकाले ई–पासपोर्ट बनाउनेलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । 

यसका साथै नागरिकता प्रमाणपत्र बनाउन आउनेहरूको भिड बढेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

केही समय अघि मात्र कक्षा १२ को परीक्षा फल प्रकाशित भएकाले नागरिकता बनाउनेको भिड बढेको छ । 

आउन लागेको विभिन्न तहको चुनावमा भाग लिनका लागि पनि मतदाता परिचय पत्र आवश्यक भएको र यसका लागि नागरिक अनिवार्य भएकाले नागरिकता बनाउनेको भिड बढेको छ । यता बढ्दो भिडका कारणले कोरोनाको जोखिम पनि बढेको छ ।     



https://ift.tt/3Glo6hL

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3