Menu

आजको मौसम

रक्सौल वीरगंज हुँदै काठमाडौँ पुग्ने रेल मार्गको लागि फाइनल लोकेशन सर्भे शुरु

Author
Trilok Khabar |
January 05, 2022
Featured

वीरगंज । भारतको रक्सौलबाट वीरगंज सिमरा, हेटौडा हुँदै काठमाडौँ पुग्ने रेल मार्ग निर्माणका लागि फाइनल लोकेशन सर्भे शुरु भएको छ । 

गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारी पत्र एमओयू अनुसार लोकेशन सर्भे शुरु गरिएको हो । सम्झौताअनुसार यो सर्भे १८ महिनाभित्र सम्पन्न गर्नु पर्ने रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताउनुभयो । 

विस्तृत सर्भे तथा अध्ययनबाट परियोजनाको विस्तृत रिपोर्ट तयार हुनेछ । त्यसका आधारमा लगानी गर्ने आधार खोजिने भट्टराईले बताउनु भयो । प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमी हुने भएको छ । 

रक्सौल देखि वीरगन्ज स्थित सुक्खा बन्दरगाह हुँदै विस्तार गरिने रेल मार्ग काठमाडौँ सम्म पुग्ने छ । प्रारम्भिक अध्ययनअनुसार रेल मार्गको ४२ किलो मिटर क्षेत्रमा सुरुङ मार्ग बनाइने छ । 

यसको अनुमानित प्रारम्भिक लागत ३ खर्ब रुपैयाँ रहेको छ । डीपीआर तयार भएपछि लागत समेत तलमाथि हुन सक्ने विभागले जनाएको छ ।



https://ift.tt/3G0UZ2U

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3