
बीरगंज । स्थानी य प्रशासनले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही सुरु गरेको छ ।
आज बिहान वीरगंजमा मास्क नलगाई हिँड्ने १ सय ५० जनाभन्दा बढी व्यक्तिलाई जनही सय रुपैयाँको दरले जरिवाना गरिएको पर्साका सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै वीरगञ्जमा थप कडाइ गरिएको हो ।
प्रदेश नम्बर २ को एक मात्र महानगर समेत रहेको वीरगञ्जमा मास्क नलगाई हिँड्न प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मास्कलाई अनिवार्य गर्दै नलगाउनेसँग जरिवाना लिन थालेपछि आज वीरगंज बजारमा मास्क नलगाई हिँड्नेको सङ्ख्या न्यून रहेको थियो ।

बढ्दो कोरोना सङ्क्रमणको दरले अवस्था थप संवेदनशील बनाउन लागेपछि सार्वजनिक स्थल र बजारमा आजदेखि मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
पछिल्लो समय कोरोनाको जोखिमलाई हेलचेक्रयाईं गरी मास्क नलगाई हिँडडुल गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रशासनले कडा कदम चालेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
साथै, पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ ।
प्रशासनको अभियानलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, ग्रिन सिटी सामुदायिक केन्द्र लगायतका सङ्घ संस्थाहरूले सहयोग गरेका छन् ।
https://ift.tt/3rhT2t1
प्रतिक्रिया लेख्नुहोस्