Menu

आजको मौसम

ईरिक्शाचालक मुख्तार मियाँँको हत्यामा संलग्न ५ जना पक्राउ

Author
Trilok Khabar |
January 13, 2022
Featured

वीरगंज, २९ पुस ।
पुस २२ गते ई–रिक्सा चालकको हत्या गरेको आरोपमा पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 
आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर भारतको बिहार राज्य वैशाली घर भइ हाल वीरगंज महानगररपालिका वडा नं. ३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँँको हत्या भएको थियो ।
गत पुस २२ गते मियाँँको शव वीरगंज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले अनुसन्धानको क्रममा उनको हत्या भएको र हत्यामा संलग्न रहेका ५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
मियाँँको हत्यामा संलग्न भएको आरोपमा बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भइ हाल वीरगंज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुंगेरका घर भइ वीरगंज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भइ वीरगंज छप्कैया बस्ने नाजिर हुसैन र छपकैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो।
मियाँँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए । उनीहरूबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँँको हत्या गरी फालिदिने भनि धम्की दिएका थिए । उनले सुनिललाई भेटी मियाँँको हत्या गर्नको लागि ५० हजार रुपियाँँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएका छन् ।
सुनिल र निकेशसहित तीनजनाले फलामको रेन्चले मुख्तारलाई टाउकोमा अन्धाधुन्ध प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको हो । मियाँँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3