वीरगञ्ज, ७ माघ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २ जना कर्मचारीबिच कुटाकुट भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका लेखापाल र सुबेदार मेजरबीच कुटाकुट भएको हो ।
वान टन गाडी खरिदका विषयमा लेखापाल कुमार सेढाई र सुबेदार मेजर कुल बहादुर कुवँरबीच कुटाकुट भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
खनालकाअनुसार उनीहरू दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । विभागीय कारबाई गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
प्रतिक्रिया लेख्नुहोस्