राजविराज । एक हप्ता देखी तराई मधेशका जिल्लामा बढेको शितलहरका कारण सप्तरी एक जनाको मृत्यु भएको छ ।
महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको हिजो (सोमवार) शितलहरका कारण मृत्यु गाउँपालिकाको कार्यालय जनाएको छ ।
राति खाना खाएर ओछ्यानमा सुतेका अन्दाजी ६०/६५ वर्षीय ठाकुर चिसो लागेर मृत्यु भएको हो । बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा चिसोको कारण मृत्यु भएको शङ्का गरिएको थियो ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्युबारे पुष्टि गर्दै चिसोकै कारणले मृत्यु भएको हो वा होइन भन्ने विषयमा बुझ्ने कार्य भइरहेको बताउनुभयो ।
बढ्दो शितलहरले जिल्लाका विपन्न वर्गको जनजीवन कष्टकर हुन पुगेको छ । यद्यपि, चिसोबाट सर्वसाधारणलाई जोगाउन अझै ठोस पहल नथालिएको स्थानीयहरूको भनाई छ ।
सप्तरीमा शितलहरबाट यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘शितलहर आकस्मिक योजना २०७८’ मा उल्लेख गरिएको छ ।
https://ift.tt/3pQOR7K
प्रतिक्रिया लेख्नुहोस्