स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

नेपाली वस्तुको निर्यातमा वृद्धि

SHARE:

वीरगंज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।         

आव २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा रु १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै रु ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् रु ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा १८५.७६ प्रतिशत बढी हो ।         

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको  बताउनुभयो ।         

गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४४ प्रतिशत बढी राजस्व सङ्कलन भएको  छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रु ७३ अर्ब ५५ करोड ४४ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा ३२ अर्ब ३५ करोड ३९ लाख बढी अर्थात् रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

दस्ताबेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या

पर्साको वीरगञ्जस्थित नापी कार्यालयको दस्ताबेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको  छ । डिजिटल युगमा अझै पनि पुरानै शैलीमा कागजपत्र तथा दस्ताबेजबाटै  कार्यालयबाट सम्पादन हुँदै आएको काममा ढिलाइ हुने गरेको छ ।        

वीरगञ्जस्थित नापी कार्यालयमा नक्सा, पुराना स्रेस्तालगायत कागजात पुरानै दस्तावेजीकरणअनुसार रहेका छन् । यी सबै कागजात हालसम्म पनि कम्प्युटरमा दस्ताबेजीकरण हुन नसक्दा कार्यसम्पादनमा कठिनाइ हुँदै आएको कार्यालयका प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सबै कागजात आवश्यकताअनुसार कम्प्युटरमा दस्ताबेजीकरण गर्न आवश्यक छ ।       

कार्यालय भाडाका तीन भवनमा सञ्चालन हुँदै आएको छ  । कार्यालयमा हाल २५ कर्मचारी कार्यरत छन् । रासस



https://ift.tt/3GlGGWl

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: नेपाली वस्तुको निर्यातमा वृद्धि
नेपाली वस्तुको निर्यातमा वृद्धि
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/ayat-niryat-895x420-1.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_401.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_401.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content