Menu

आजको मौसम

एक युवतीको विभत्स हत्या

Author
Trilok Khabar |
January 20, 2022
Featured

जनकपुरधाम । धनुषामा एक जना युवतीको वीभत्स हत्या गरिएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोल नजिकै पूर्व–पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्पm रहेको पदम थापाको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए। युवतीको परिचय खुल्न सकेको छैन।
कालो वर्णकी ती युवतीले रातो रंगको स्वीटर र नीलो रंगको कुर्ता शुरूवाल लगाएकी छन। घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। यद्यपि, यसको विस्तृत विवरण खुलिसकेको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3