वीरगंज, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज–१ निवासी सुमन पटेल रहेको प्रहरीले जनाएको छ ।
प्रदेशको राजधानी वीरगंजलाई बनाउनुपर्ने माग गर्दै काङग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए । वीरगंजलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्