Menu

आजको मौसम

जिल्ला प्रशासन रौतहटमा आलोपालो

Author
Trilok Khabar |
January 24, 2022
जिल्ला प्रशासन कार्यलय रौतहटले सोमबारदेखि प्रत्येक स्थनीय तहहरुलाई आलोपालो गरी सेवा प्रवाह गर्ने भएको छ ।

कोभिड– १९ को तेस्रो लहर ओमिक्रोनको बढ्दै गइरहेको संक्रमणको नियन्त्रण तथा रोकथामकालागि भीडभाड हुन नदिनकालागि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले साताको ६ दिन स्थानीय तह अनुसार सेवा प्रवाह गर्ने पक्रिया लागु गरेका हुन् । माघ ६ गतेका दिन जारी गरिएको आदेशको ८ नम्बर बुंदा अन्तर्गत अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलो पालो मिलाई मानिसको भीड भाड नहुने गरी सरकारी सार्वजनिक निजी कार्यालय निकायहरुले सेवा प्रवाह र कार्य संचालन गर्ने गराउने उल्लेख भए अनुसार कार्यन्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताए । सोमबारदेखि जिल्ला प्रसाशन कार्यालयले आइतबार र सोमबार गौर नगरपालिका , राजदेवी नगरपालिका ,फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउंपलिकाका सेवाग्राहीहरुलाई कार्यालयबाट प्रवाह हुने नयाँ नागरिकता , प्रतिलिपि नागरिकता . राहदानी लगायत विभिन्न सिफारिसका सेवाहरु रहेको जिल्ला प्रसाशन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मंगलवार र बुधवारका दिन बौधीमाइ नगरपालिका , देवाही गोनाही नगरपालिका , यमुनामाइ गाउंपालिका , र राजपुर नगरपालिका तथा विहीबार र शुक्रवारका दिन मौलापुर नगरपालिका , कटहरिया नगरपालिका ,परोहा नगरपालिका एवं इशनाथ नगरपालिकाका स्थानीय सेवाग्राहीहरुलाई कार्यालयबाट सेवा प्रदान गरिने जनाइएको छ । दिन प्रति दिन बढ्दै ओमिक्रोनको संक्रमण रोकथाम गर्नको लागि स्वास्थ्य मापदण्ड पालना ,नियमित रुपमा मस्क प्रयोग , भौतिक दूरी कायम गर्नु पर्ने आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी शाहीले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3