
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा १८ करोड राजश्व सङ्कलन गरेको छ ।
२०७८ साउनदेखि मङ्सिर मसान्तसम्म विभिन्न शीर्षकमा १८ करोड ७३ लाख ५२ हजार १६७ रुपैयाँ ९८ पैसा राजश्व सङ्कलन गरेको राजश्व व्यवस्थापन महाशाखाकाका प्रमुख पवन प्रधानले जानकारी दिनुभयो ।
बीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सम्पत्ति कर तर्फ सात करोड ६७ लाख ५८ हजार, भूमि कर तथा मालपोत तर्फ ५० लाख ३५ हजार ९२५ रुपैयाँ, घर बहाल कर तर्फ दुई करोड ३४ लाख २४ हजार, बहाल विटौरी करतर्फ नौ लाख ४७ हजार उठाएको छ ।
यस्तै, सवारी साधनमा लाग्ने कर तर्फ दुई लाख ७० हजार, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर तर्फ एक करोड ९ सय रुपैयाँ, विज्ञापन कर १४ लाख ७८ हजार, अन्य सेवा शुल्कतर्फ १ करोड १४ लाख ७० हजार रुपैयाँ असुली भएको प्रधानले बताउनुभयो ।
महानगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २० प्रतिशतभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको राजश्व व्यवस्थापन महाशाखाका अधिकृत प्रधानले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको पाँच महिनामा कार्यालयले १५ करोड ४९ लाख ८२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
नगरवासीलाई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न किसिमका सुविधा दिएपछि राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको अधिकृत प्रधान बताउनुभयो ।
चालु आर्थिक वर्षमा ९५ करोड ४७ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य महानगरले लिएको छ ।
गत आर्थिक वर्षमा ५० करोड ७५ लाख आन्तरिक राजश्व सङ्कलन गर्ने लक्ष्य राखेका महानगरले लक्ष्य भन्दा ३१ प्रतिशत बढी अर्थात् ६६ करोड ८८ लाख ९४ हजार राजश्व सङ्कलन गरेको थियो ।
https://ift.tt/32HQfkr
प्रतिक्रिया लेख्नुहोस्