Menu

आजको मौसम

जनकपुरधाम उपमहानगरपालिकाको जनसङ्ख्या २ लाख नजिक

Author
Trilok Khabar |
January 30, 2022
Featured

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जनसङ्ख्या २ लाख नजिक पुगेको छ । 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको कूल जनसङ्ख्या १ लाख ९५ हजार ४ सय ३८ रहेको उल्लेख छ । पछिल्लो जनगणनाको तुलनामा ३९ हजार ३१ जना थप भएको छ । 

राष्ट्रिय जनगणना ०७८ को अनुसार वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाममा १ लाख ४ सय १७ जना पुरुष र ९५ हजार २१ जना महिला रहेको छ ।

यो पछिल्लो जनगणनाको तुलनामा करिब अढाई प्रतिशतले बढी रहेको छ । १० वर्षको अवधिमा यस उपमहानगरमा १९ हजार ३२ पुरुष र १९ हजार ९ सय ९९ महिलाको सङ्ख्या बढेको छ । 

राष्ट्रिय जनगणना २०६८ का अनुसार जनकपुरधाम उपमहानगरपालिकाको कूल जनसङ्ख्या १ लाख ५६ हजार ४ सय ७ थियो । जसमा ८१ हजार ३ सय ८५ जना पुरुष र ७५ हजार २२ जना महिला रहेका थिए । 

जनकपुरधाम उपमहानगरपालिका तत्कालीन जनकपुर नगरपालिकामा बसबिटी, कनकपट्टी, महुवा प्रको, लोहना, कुर्था, देवपुरा रुपैठा, बिन्धी, बेंगासिवपुर र बसहीया गा.वि.स २०७१ सालमा गाभेर उपमहानगरपालिका घोषणा गरिइएको थियो । 



https://ift.tt/kw92UsWNq

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3