Menu

आजको मौसम

चोरीको मोबाइल, गांजासहित ५ जना पक्राउ

Author
Trilok Khabar |
January 30, 2022
Featured

वीरगंज, १६ माघ ।
माघ १५ गते बिहान २ः०० बजेको समयमा जिल्ला बारा प्रसौनी गा.पा. वडा न.२ स्थित शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेको बिभिन्न कम्पनीको मोबाईलहरू चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 
जिप्रका बाराका प्रवक्ता प्र.ना.उ. राजेश थापाका अनुसार  चोरीमा संलग्न बारा प्रसौनी गा.पा.वडा न.१ मा बस्ने बिशाल मुखियाको घर खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको बिभिन्न किसिमको नयाँ मोबाइल सेट  ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा अवैध लागू औषध गाँजा ६ किलो ग्राम बरामद भएको प्रहरीले जनाएको छ । 
प्रहरीले मुखियासहित वर्ष २२ को बलिराम मुखिया, वर्ष २० को राम मुखिया, वर्ष २७ को पवन पटेल, वडा नं.४ खुटुवा टोल बस्ने  वर्ष २३ को रम्तुलाह अंसारी रहेको तथा उनीहरुलाई बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रउ थापाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3