वीरगंज, २१ पुस । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अपांगता भएकाहरूको लागि निर्माण गरिएको छात्रावासको उदघाटन गर्नुभएको छ । वीरगंज माहानगरपालिका वडा नम्बर १३ राधेमाईमा अपांगताहरूको लागि संचालित विद्यालयमा नगरस्तरीय बजेटबाट निर्माण सम्पन्न भएको छात्रावास भवनको आज नगरप्रमुख बिजय कुमार सरावगीले उदघाटन गर्नु भएको हो । छात्रावास भवनको उदघाटन गर्दै नगर प्रमुख सरावगीले फरक क्षमता भएका बालबालिकाहरूको लागि स्थानीय सरकारले जस्तोसुकै समस्यामा पनि सधैं साथ रहने बताउनुभयो । उहाँले शारिरिक रूपमा फरक क्षमता भएपनि उनीहरूमा पनि उत्तिकै मानसिक क्षमता हुने भएकोले त्यस्ता फरक क्षमता भएका व्यक्तिहरूलाई समाजले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । अहिले बहिराहरूको लागि मात्रै संचालनमा रहेको विद्यालयलाई पूर्ण अपांगमैत्री वातावरणमा शिक्षण सिकाई प्रदान गरेर अन्य अपांगता भएका व्यक्तिहरूको लागि पनि विद्यालयमा व्यावस्था गरिने बताउनुभयो । त्यसको लागि महानगरपालिकाले आगामी वर्षमा छुट्टै बजेटको पनि व्यावस्था गर्ने आश्वासन दिनुभयो । वीरगंज महानगरपालिकाको १५ लाख रूपैंया बजेटमा निर्माण शुरू भएको दुर्ईवटा स्नान कक्ष, दुर्ईवटा भान्सा घर सहितको छात्रावास भवनमा अहिले थप निर्माण कार्यहरू पनि भईरहेको र झण्डै २५ लाख रूपैंया लागत लाग्ने अनुमान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अजय साहले बताउनुभयो । पाँच जना कान नसुन्ने विद्यार्थीहरूबाट पठन पाठन गरिएको विद्यालयमा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । छात्रावास निर्माणपछि विद्यालयमा विद्यार्थीहरूको संख्या बढ्ने अनुमान गरिएको साहले बताउनुभयो । अहिले विद्यालयमा बस्ने खाने व्यावस्था नहुँदा कतिपय विद्यार्थीहरू आउन नसकेका र छात्रावास भवन निर्माण भएपछि टाढा टाढाका विद्यार्थीहरू पनि आउने भएकोले विद्यार्थीको संख्या बढ्ने उहाँको दावी छ ।
VISITORS
/fa-fire/ POPULAR$type=one
-
काठमाडौं, २३ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई केही दिनअघि सूचना आयो, कालिमाटीको एक घरमा ठूलो परिणाममा हुण्डी र सटहीको काम भइ...
-
बारा, २३ जेठ । हुन्डी कारोवार गरेको अभियोगमा प्रहरीले एक जना पुरूषलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगर...
-
विरगन्ज १९ बैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालीकामा काङग्रेसको घर घरदैलो कार्यक्रमले निरन्तरता पाइरहेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित ...
-
वीरगंज, ४ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले एकचालीस लाख पचपन्न हजार रकमसहित हुण्डी कारोवार गर्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । आज...
-
वीरगंज,१० जेठ बैशाख । बाराको पचरौता नगरपालिकामा जित हात पार्दै नेकपा एमालेले बारा जिल्लामा सबै भन्दा ठूलो दल बनेको छ । मङगलवार सकिएको पचरौत...
-
असोज ३१ वीरगन्ज, बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार रामकिशोर यादव र ख बाट प्रदेश सभाका सता गठबन्धनका उम्मेद...
-
वीरगंज २ सोमबार सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टी नाकावाट लत्ताकपडा , हाडयेवर , भैसी , जुत्ता चप्पल , कब्बाड र चल्लाको तस्करी व्यापक रुपमा ...
-
वीरगंज, २४ जेठ । वीरगंजको रजतजयन्ती र इनर्वा चौकस्थित राखेको गोदामबाट दिनहु 50/60 ठेला कबाडको सामान तस्करीमार्पत भारत पठाउने गरेको स्थानीय...
-
९ असोज,वीरगन्ज। नेपालको राजस्वमा ठूलो योगदान पुर्याउने आर्थिक नगरी वीरगन्ज अहिले तस्करहरूको अखडा बनेको छ।वीरगन्जको छपकैंया बाट खुलम खुल्ला...
-
बारा । बाराको प्रसौनी गाउँपालिका–५ पन्टोकामा पछिल्लो एक महिनादेखि अवैध रूपमा रूपमा जुवा चलिरहे पनि प्रहरी तथा प्रशासनको ध्यान पुग्न सकेको छै...