Menu

आजको मौसम

सौदागर पेट्रोलपम्पका सञ्चालकसहित सातजना पक्राउ

Author
News Desk |
August 06, 2026
Featured

वीरगंज, २२ साउन ।
पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न सातजना व्यक्तिहरूसहित ट्याङ्कर नियन्त्रणमा
लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
इन्डियन आयल कर्पाेरेसनको बरौनी टर्मिनल (बिहार, भारत) बाट सिधै नेपाल आयल निगमको हवाइ इन्धन डिपो सिनामंगल काठमाण्डौ आउनुपर्ने २०,००० लिटर (२० के.एल.) क्षमताको ट्यांकर हवाइ इन्धन डिपो सिनामंगल सम्म पुग्नु पर्ने ना ७ख १५३९ नम्बरको ट्यांकरबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाएका छन् ।
वीरगंजस्थित सौदागर आयल सेन्टरमा अनाधिकृत रूपमा ट्यांकरबाट तेल चोरी गरी निकाली बिक्री वितरण गरिरहेको सूचनाको आधारमा साउन २१ गते साँझ ५ः१० बजे प्रहरी टोलीले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा वीरगंज महानगरपालिका वडा नं. १४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा ना.७ख १५३९ नम्बरको ट्यांकरमा राखिएको सिल समेतलाई फलामको पाइपको हुक प्रयोग गरी उचाली ट्यांकरबाट अनाधिकृत रूपमा तेल चोरी ग्यालेनमा निकाली रहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको प्रवक्ता मल्लले जनाएका छन् ।
प्रहरीले पेट्रोलपम्प सञ्चालक वीरगंज महानगरपालिका वडा नं. ३ मालपोत चोक बस्ने वर्ष ५५ को सुनैन मियाँ, कर्मचारीहरु वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा बस्ने वर्ष २३ को असलम हवारी, वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने वर्ष २१ को रफिक मियाँ, जिल्ला मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं.११ बस्ने वर्ष २० को सन्देश राना मगर, जिल्ला मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं. १० बस्ने वर्ष ४६ को केशर राम सुनार, जिल्ला मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं.१४ बस्ने वर्ष ५० को मन्द सिंह लामा र जिल्ला मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं. १४ बस्ने वर्ष २७ को उमेश राना मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रनाउ मल्लले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3