Menu

आजको मौसम

पेट्रोल ट्याङ्करमा भीषण आगलागी

Author
News Desk |
August 06, 2026
Featured

रौतहट— रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा भीषण आगलागी भएको छ।

म.प्र ०३-००१ ख ७८११ नम्बरको ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल रहेको अवस्थामा दुर्घटनापछि आगलागी भएको थियो। आगलागीका कारण ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार ट्याङ्कर चालक सुरक्षित रहेका छन्। घटनापछि सुरक्षाकर्मी र सम्बन्धित निकायको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

आगलागीका कारण केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि हाल सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3