जनकपुरधाम । प्रदेशको नाम तथा स्थायी राजधानी दुई तिहाइ मतले पारित भएपछि मधेश सरकारले सो विषयहरू राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
प्रदेश सभाको माघ ३ गते बसेको बैठकबाट प्रदेशका स्थायी राजधानी जनकपुरधाम तथा प्रदेशको नाउँ मधेश प्रदेश निर्वाचन प्रक्रियाद्वारा पारित गरेपछि प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
मधेश प्रदेश सरकारले प्रकाशित गरेको राजपत्रमा शुरुको समयमा नेपालको नक्सा छाप्दा पुरानो नक्सा छापिएपछि त्यसको सर्वत्र आलोचना भएपनि नयाँ नक्सा सहितको राजपत्र आज प्रकाशित गरेको छ ।
मधेश प्रदेशको राजपत्रमा सूचना प्रकाशित भएपछि दुवै विषयले स्वतः कानूनी मान्यता पाएको छ । अहिले मधेश प्रदेशको सरकारी कार्यालयहरूमा बोर्ड फेर्ने तथा सच्याउने काम जारी रहेको छ । यस अघि राजपत्रमा राजधानी तथा नामको विषयमा सूचना प्रकाशित गर्दा पुरानो नक्सा छापिएका थियो ।
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भूलवंस पुरानो नक्सा राजपत्र छाप्ने क्रममा परेको बताउँदै अहिले नयाँ नक्सा सहितको राजपत्र प्रकाशित गरेको बताउनुभयो ।
प्रदेश सभाको बैठकबाट सर्वसम्मतिले प्रदेशको नाम तथा स्थायी राजधानीको विषयमा निर्णय नभएपछि मतदानबाट निर्णय लिँदा स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत तथा प्रदेशको नाउँमा मधेश प्रदेशमा ८० मत परेर दुवै प्रस्ताव दुई तिहाइ मतले पारित भएका थिए ।
https://ift.tt/3tRKlby
प्रतिक्रिया लेख्नुहोस्