Menu

आजको मौसम

लहानको पर्यटकीय क्षेत्र हात्तीदहबाट दुम्सी चोरी 

Author
Trilok Khabar |
January 28, 2022
Featured

लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर–१५ शोभापुर स्थित रहेको हात्तीदह पर्यटकीय क्षेत्रबाट वन्यजीव दुम्सी चोरी भएको छ । 

बिहीबार राती अज्ञात समूहले बन्दुक प्रहार गरी दुम्सी मारेर लगेको हात्तीदह पर्यटकीय क्षेत्र कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो । दैनिक हजारौँ पर्यटक आउने उक्त क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न समूहले  खोर भित्र दुम्सी राखेका थिए । 

प्राकृतिक सौन्दर्यले रमणीय देखिने  (५६ हेक्टर)  जङ्गल ओगटेको उक्त क्षेत्रमा अजिङ्गर , बटाई , नीलगाई , रातो बाँदर, बेलायती मुसा लगायतका जीव जन्तुलाई संरक्षण गरी समूहले राखेको समूहकी कोषाध्यक्ष गीता चौधरीले बताउनुभयो।

उक्त सिमसार क्षेत्रमा करिब ७ सय मिटर लम्बाई र  ३० फिट गहिराई भएको विशाल नदी छ ,  केहीबर्ष अगाडी  नदिमा हात्तीहरू बस्ने गरेकोले स्थानीयहरूले सो क्षेत्रलाई  हात्तीदह नामाङ्कन गरेको स्थानीय नथुनी चौधरीले बताउनु भयो । 

उक्त सिमसार क्षेत्रलाई संरक्षण संवर्द्धन गर्न अहिले स्थानीय , प्रदेश र सङ्घीय सरकार लागि परेको उहाँले बताउनुभयो ।



https://ift.tt/3o6gNmK

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3