Menu

आजको मौसम

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

Author
Trilok Khabar |
January 03, 2022
Featured

वीरगंज, १९ पुस । 
वीरगन्ज महानगरले आज वडा नम्बर १२ मा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । बढ्दै गएको चिसोबाट ज्येष्ठ नागरिकहरुलाई बचाउनका लागि कम्बल वितरण गर्ने अभियान अन्तर्गत आज दोश्रो दिन बिरगंज माहानगरपालिकाको वडा नम्बर १२ मा कम्बल वितरण गरेको हो । महानगरको जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च वितरण गरिने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । यसरी महानगरका करिब ६ हजार ज्येष्ठ नागरिक, असहाय, गरिब विपन्नहरुलाई कम्बल लगायतका सामग्री बितरण गरिने उहाँले बताउनुभयो । आज वार्ड नम्बर १२ मा वडा अध्यक्ष रामदरश प्रसादको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख बिजय कुमार सरावगीले ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्नुभएको नगर प्रमुख सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3