Menu

आजको मौसम

एमाले बाराको अध्यक्ष विनोद साह सर्वसम्मत

Author
Trilok Khabar |
January 14, 2022
Featured

बारा पुस ३०, २०७८ 
नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साहलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार राति सम्पन्न बन्द सत्रबाट सर्वसम्मत रुपमै पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले बाराले जनाएको छ ।

अधिवेशनबाट अध्यक्षमा साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीलाई चयन गरिएको निवर्तमान अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए ।

बन्दसत्रमा अध्यक्ष पदमा साहसँगै अध्यानन्द पाण्डेय, रविन्द्र दास श्रेष्ठ तथा देवनारायण चौधरीले दाबी गर्दै आएका थिए । राति अबेरसम्म चलेको बन्दसत्रमा सर्वसम्मत रुपमै पदाधिकारी र सदस्यहरु टुंग्याइएको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3