Menu

आजको मौसम

तलब नपाएको भन्दै लहानका शिक्षकहरू आन्दोलित

Author
Trilok Khabar |
January 25, 2022
Featured

लहान । सिरहाको लहान नगरपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् । चालु २०७८र०७९ को साउन महिना देखि हाल सम्म नगरपालिकाले आफूहरूको तलब नपठाएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन । आज कार्यालयको समयमा नगरपालिका घेराउ गरी शिक्षकहरूले धर्ना तथा आन्दोलनका कार्यक्रम गरेका थिए । 

ज.मा.वि. सोनमती गाढा, पशुपति आदर्श मा.वि. लहान , सरस्वती आ.वि. गाढा , आ.वि. ब्रहम्हान गोर्छारी , आ.वि. चम्पापुर लगायत ५ वटा स्कुलको  करिब १ सय ५० जना शिक्षक, ५९ जना कार्यालय सहयोगी र ५६ जना बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूले तलब नपाएको एक जना प्रधानाध्यापक नारायण प्रसाद साहले बताउनु भएको छ।  

नगर क्षेत्रभित्र ६० वटा सामुदायिक विद्यालय रहेकोमा ५ वटा विद्यालयको शिक्षकहरूले तलब नपाउनु लहान नगरपालिकाका नगर प्रमुख मुनी साह सुडीको राजनीतिक प्रतिशोध भएको शिक्षकहरूको आरोप छ । 

लहान नगरपालिकाका जनप्रतिनिधिहरूले मनपरी ढङ्गले नगरपालिकामा सङ्घीय शिक्षा नियमावली र शिक्षा ऐन विपरीत कार्यविधि बनाएको, न्यून तलबमा काम गर्ने बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई सरुवा गरेको, नगर क्षेत्रभित्रका विभिन्न विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारीहरूको राजनीतिक नियुक्ति गरेको लगायतको आरोप लगाउँदै उनीहरूले वर्षौँदेखि आन्दोलन गर्दै आइरहेका छन् । 

यता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाईले करिब हप्तादिन भित्र उक्त समस्या समाधान गर्ने प्रतिबद्धता गर्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल बिरामी बिदामा बसेकाले उहाँ आएपछि उक्त समस्या यथाशीघ्र समाधान हुने उहाँले बताउनुभयो ।

पालिकाको सहमति बिना शिक्षा विकास तथा समन्वय इकाई सिरहाले केही शिक्षकहरूलाई लहान नगरपालिकाका विद्यालयहरूमा सरुवा गरेको कारण उनीहरूले तलब पाउन नसकेको लहान नगर शिक्षा शाखा प्रमुख अमिरी कुमार यादवले बताउनुभयो ।



https://ift.tt/3rRBZOH

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3