Menu

आजको मौसम

रेणु यादवले राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइन- राज्यमन्त्री यादव

Author
Trilok Khabar |
January 21, 2022
Featured

जनकपुर, ७ माघ । जनकपुर टुडेमधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरेका छन् ।

हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको बेला राज्यमन्त्री यादवले आज जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ गरेका हुन् । उनले मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सीके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको दावी गरे ।

'सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो', जसपा नेता तथा राज्यमन्त्री यादवले दावी गरे, 'बाटो छेकेर हमला गर्न खोज्ने १५र२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।'

राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोप समेत लगाए । उनले भने, 'रेमण्डको टाई र सुनको सिक्री लगाउने सिके राउतको किसान आन्दोलन नक्कली हो ।'

गौर नरसंकार नै दोहोर्‍याउने अभिव्यक्तिको सवालमा उनले भने, 'गौर घटनामा हाम्रो पार्टीको संलग्नता छैन । जनताले प्रतिकार गर्दा त्यो घटना घटेको थियो । र मन्त्री ज्यूले गौर घटना नै दोहोर्‍याउने कुरै गर्नभएको छैन ।'

गौर क्रान्तिकारी भूमि भएको र यसरी हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दोहोरिनसक्ने भएकाले त्यस्तो गैरलोकतान्त्रिक र अराजक गतिविवधि नगर्न मन्त्री यादवले चेतावनीमात्र दिएको उनको तर्क छ ।

त्जभ उयकत रेणु यादवले राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइन स् राज्यमन्त्री यादव बउउभबचभम ाष्चकत यल व्बलबपउगच त्यमबथ।
घठ mष्लगतभक बनय्र

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3