स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पर्सामा ६ महिनामा विकास बजेटको २० प्रतिशत पनि खर्च भएन

SHARE:

बीरगंज । चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनासम्म पनि पर्साका विकास निर्माणसँग सम्बन्धित सरकारी कार्यालयले विकास बजेटको २० प्रतिशत पनि खर्च गर्न नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । 

चालु आर्थिक वर्षमा पर्सामा सङ्घीय सरकारले विभिन्न सरकारी कार्यालयलाई विकास निर्माणका लागि ४ अर्ब ११ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको र प्रदेश सरकारले विभिन्न विकास योजनाका लागि १ अर्ब ८५ करोड २८ लाख उपलब्ध गराएको छ । 

सङ्घीय सरकार र प्रदेश सरकारले पठाएको ५ अर्ब ९६ करोड ५८ लाख मध्ये ६ महिनामा १ अर्ब ४८ करोड ७१ लाख मात्रै खर्च भएको छ । बाँकी ४ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ विकास बजेट काम नहुँदा मौज्दात रहेको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको तथ्याङ्क अनुसार सङ्घीय सरकार मातहतका कार्यालयहरूले २८ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयले १६ प्रतिशत मात्र विकास बजेट खर्च गरेको देखिएको छ ।

 आगामी ६ महिनामा सङ्घीय सरकार अन्तरगतका कार्यालयले ७२ प्रतिशत र प्रदेश अन्तरगतका कार्यालयले ८४ प्रतिशत विकास बजेट खर्च गर्नुपर्ने देखिएको छ । 

बजेट सक्न असारमा हतारमा काम गर्ने प्रवृत्तिको कारण विकास निर्माण गुणस्तरहीन हुने गरेको गुनासो वर्षौँदेखि सर्वसाधारणले उठाउँदै आएका छन् । 

कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जको तथ्यांकअनुसार जिल्लास्थित सङ्घ सरकार अन्तर्गतका सरकारी कार्यालयहरूको चालु आवमा कुल ४ अर्ब ११ करोड ३० लाख रुपैयाँ विकास बजेट रहेकोमा पुस मसान्तसम्म जम्मा १ अर्ब १८ करोड ६९ लाख रुपैयाँ खर्च गर्न सकेका छन् । 

प्रदेश सरकारतर्फ चालु आवमा जिल्लामा कुल विकास बजेट १ अर्ब ८५ करोड २८ लाख रहेकामा ३० करोड २ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

 सङ्घ सरकार मातहतका कार्यालयहरूमध्ये नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, सङ्घीय खानेपानी कार्यालय, सघन सहरी तथा भवन निर्माण कार्यालय,  हुलाकी राजमार्ग कार्यालय, व्यापारिक मार्ग बिस्तार योजना कार्यालयले विकास निर्माणको न्यून बजेट खर्च गरेको भेटिएको छ । 

त्यसैगरी, प्रदेश सरकार मातहतका कार्यालयहरूले झनै विकास बजेट खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ । 

प्रदेश सरकार मातहत जिल्लास्थित १५ सरकारी कार्यालयले प्रथम चौमासिक अवधिमा जम्मा २ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् । 

प्रदेश सरकार मातहतका कार्यालयहरूले अधिकांश विकास निर्माण उपभोक्ता समितिमार्फत गर्ने र यस अवधिमा उपभोक्ता समितिहरू गठन हुन नसक्दा प्रदेश सरकारले गर्ने कामको गतिमा कमी आएको तथ्याङ्कले देखाएको छ । 



https://ift.tt/32AnI03

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पर्सामा ६ महिनामा विकास बजेटको २० प्रतिशत पनि खर्च भएन
पर्सामा ६ महिनामा विकास बजेटको २० प्रतिशत पनि खर्च भएन
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/%E0%A4%AC%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C-%E0%A4%AA%E0%A4%A5%E0%A4%B2%E0%A5%88%E0%A4%AF%E0%A4%BE-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95-%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%97-%E0%A4%86%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-1-1024x576.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_699.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_699.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content