Menu

आजको मौसम

बारा र रौतहटमा दुर्घटना हुँदा ५ को मृत्यु 

Author
Trilok Khabar |
January 27, 2022
Featured

वीरगंज । बारा र रौतहटमा भएका छुट्टाछुटै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

वीरगंज कलैया सडक खण्डको सिसहनिया चोकमा गएराति भारतीय नम्बरको बीआर ०५ ए आर ५१५१ नम्बरको स्कारपियोले वीरगंजबाट कलैया आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी राजेश थापाले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते मोटर साइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी ४० वर्षीय नरेश साह र ५५  वर्षीय सितल साहको उपचारको क्रममा गएराति नै वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताउनु भयो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी रौतहटको गरुडा नगरपालिका–४ बैरिया गाउँमा गएराति ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

गरुडाबाट मलाही टोल जाने क्रममा उनीहरू सवार मोटरसाइकल दुर्घटना भएको थियो । घाइते दुवै जनालाई उपचारका लागि रौतहटको ग्राण्डी अस्पतालमा लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी रौतहटको फतुवा विजयपुरमा रोकी राखेको ट्याक्टर अचानक ओरालो तर्फ ब्याक हुँदा  ट्याक्टरले किचेर ४ वर्षीय नाबालकको ज्यान गएको छ । 

रौतहटको फतुवा विजयपुर ९ बडहरवा टोलमा आज बिहान १०  बजे अनटेस्ट नम्बरको सोनालिका ट्याक्टरले किच्दा स्थानीय सनोज यादवको ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमिनिया रौतहटका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले जानकारी दिनुभयो । 

ट्याक्टरको चालक मनोज यादवले आफ्नो घर अगाडी ट्याक्टर रोकेर काम विशेषले घर भित्र गएको र रोकी राखेको ट्याक्टर अचानक ब्याक भई सडकमा खेली रहेका बालकलाई किच्दा उनको घटना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक विश्वकर्माले बताउनु भयो । घटना पछि ट्याक्टरको चालक फरार भएको र मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको विश्वकर्माले बताउनुभयो ।  



https://ift.tt/3vkuu3V

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3