Menu

आजको मौसम

सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

Author
Trilok Khabar |
January 23, 2022
Featured

बारा । बारास्थित सिमरा जेसिजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सिमरामा सम्पन्न भएको छ । 

जेसिज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका अध्यक्षसहित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रमकाबीच जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीसहित पदाधिकारीको पदस्थापन भएको हो । 

जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीले नयाँ अध्यक्षलाई पदस्थापन र शपथ ग्रहण गराएका थिए । जेसिजको तेस्रो साधारणसभाबाट चयन गरिएको नेतृत्व बमोजिम अध्यक्ष अधिकारीले अन्य पदाधिकारी र विभिन्न विभागका संयोजक मनोनीत गरेका थिए । जेसिजको प्रमुख कार्यकारिणी उपाध्यक्षमा वासुदेव अधिकारी र लक्की रिमाल चयन भएका छन् । 

यसैगरी उपाध्यक्षको जिम्मेवारी सुविता सुवेदी, अस्मिता शर्मा, सुशील पौडेल र सुयोग अधिकारीलाई दिइएको छ । यसैगरी जेसिज सिमराको अध्यक्ष सल्लाहकारमा हरिशरण अधिकारी, राजन उप्रेती, विनोद सापकोटा, देव श्रेष्ठ, दिलीप ढुङ्गेल र शेखर चौधरीलाई मनोनीत गरिएको छ । 

यसअघि कार्यक्रमको उद्घाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले गरेका थिए । कार्यक्रममा जेसिजको अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मण अधिकारीले गरेका थिए । 



https://ift.tt/3qSSF9h

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3