Menu

आजको मौसम

मुख्यमन्त्री गद्दीको घर घेराउ

Author
Trilok Khabar |
January 16, 2022
Featured


वीरगंज,२ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा जारी वीरगंज राजधानी बनाउ अभियान अन्तर्गत मुख्यमन्त्रीको वीरगंज निवास घेराउ एवम् प्रदर्शन कार्यक्रम भएको छ । पूर्व निर्धारित कार्यक्रम अन्तर्गत मुख्यमन्त्री लालबाबु राउत गद्दीको वीरगंज मुर्ली स्थित घरमा पुगेको युवा नेताहरूले नारावाजी गर्दै मुख्यमन्त्रीको घर घेराउ गरेका थिए ।
जिल्ला समन्वय समिति पर्साको कार्यालय अगाडी जम्मा भएका युवा नेताहरू नाराबाजी गर्दै मुख्यमन्त्री निवास पुगेका थिए ।
बिभिन्न नाराहरू लेखिएको व्यानर, पोष्टर, प्यापलेट बोकी मुख्यमन्त्री निवास अगाडी पुगेका युवा नेता सुजीत गिरी, राजु गुप्ता, महादेव कुर्मी,सजीव यादव, पुरोषत्तम पटेल, शिवजी गुप्ता, अलीहसन, सुरज गुप्ता,विवेक कुमार झा, सगिर अली,अंकित मिश्रा लगायत नेता कार्यकर्ताहरू बिरोध एवम् घर घेराउ कार्यक्रममा सहभागी भएका थिए ।
समूहले वीरगंज राजधानी बनाउँनु पर्ने भन्दै दबाव मुलक बिरोध ¥याली,लोसपा संसदीय दलका नेतालाई ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम गरी सकेको छ । प्रदेशको राजधानी बिषयको बहस भईरहदा राजेशमान सिंह नेतृत्वको लोसपाका युवा नेताहरू जसरी भए पनि वीरगंजमा राजधानी बनाउनु पर्ने भन्दै बिभिन्न दबाव मुलक कार्यक्रमहरू गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3