सर्लाही । सर्लाहीमा उखु लोड गरेको ट्याक्टरमा नाइट बसले पछाडि बाट ठक्कर दिँदा २५ जना घाइते भएका छन् । आज बिहान ४ः१५ बजेको समयमा हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम लोकमार्गमा ज २ त ७८१ नम्बरको बिग्रेर बाटोको साइडमा रोकिराखेको उखु लोड गरेको ट्याक्टरमा पश्चिम भैरहवाबाट पूर्व विराटनगर तर्फ आउँदै गरेको लु २ ख ४७५७ नम्बरको नाइट बस ट्याक्टरको पछाडिबाट ठोक्किन जाँदा बसमा सवार ३९ जना मध्ये २५ जना घाइते भएकोमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते हुनेहरूमा चितवन खैरहनी न.पा.७ बस्ने वर्ष ३६ पसुराम फुयाँल भरतपुर रेफर ,रुपन्देही बुटवल न.पा.८ बस्ने वर्ष ५२ को टोप बहादुर गुरुङ, श्रीकटन गा.पा.१२ बस्ने वर्ष २५ की कृतिका चौधरी अवस्था गम्भीर (बयोधा अस्पताल विरगजं रिफर), बुटवल उ.म.न.पा.१२ बस्ने वर्ष २४ को शिव भुसाल, निजकै श्रीमती वर्ष २१ की सविता भुसाल ,कन्चन गा.पा. १ बस्ने वर्ष २६ दीपेन्द्र मलाह बयोधा अस्पताल विरगजं रिफर, बुटवल न.पा. १० बस्ने वर्ष ४३ को भुपराज चापागाईँ (भरतपुर रिफर) सोही नपा वडा नं. १३ बस्ने वर्ष ३१ की निशा पौडेल रहेका छन् ।
यसैगरी मोरङ सोनबर्षा न.पा.५ बस्ने वर्ष ४५ को वीरेन्द्र मण्डल ,वर्ष ३७ को शङ्कर सरदार ,विराटनगर म.न.पा. ६ बस्ने वर्ष ४७ को जय प्रकाश साह, सप्तरी खट्क न.पा. ८ बस्ने वर्ष ४२ को तुलसी प्रसाद चौधरी खुट्टामा, निजकै श्रीमती वर्ष ३८ की ललिता कुमारी चौधरी, रामनगर कोदारकट्टी बलानदेवल न.पा. ५बस्ने वर्ष २० सत्यनारायण यादव, सुनसरी ईनर्वा न.पा.६ बस्ने वर्ष ४६ को हरि प्रसाद पोखरेल, स्याङ्जा काली गण्डकी गा.पा.५ बस्ने वर्ष २६ को त्रिभुवन न्यौपाने, धनुषा जनकपुर न.पा.१२ बस्ने वर्ष २९ को चन्द्रकान्त यादव, रौतहट गरुडा न.पा. १ बस्ने वर्ष ३० को सुभास गुप्ता रहेका छन् ।
यसैगरी सर्लाहीका स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको घाइतेहरूमा सिरहा सखुवा गा.पा.१ बस्ने वर्ष ६१ को किसुनदेव यादव, वर्ष ३६ को राजकुमार यादव, वर्ष ३७ की शीतल कुमारी यादव, रुपन्देही रोहनी गा.पा.१ बस्ने वर्ष ३० को ईम्तियाज खान रहेका छ ।
त्यस्तै सर्लाहीका जीवन हेल्थ केयर सुकेपोखरी हरिवनमा उपचार पश्चात् वीरगन्ज स्थित बयोधा अस्पताल रिफर भएका घाइतेहरू, रुपन्देही बुटवल उ.म.न.पा. ७ बस्ने वर्ष २२ को विशाल परियार, वर्ष २१ की सुमिफा परियार,बर्ष २८ की झर्ना परियार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
https://ift.tt/3r7g4DS
प्रतिक्रिया लेख्नुहोस्